प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै आफूले सरकार बनाउन नसकेपछि देशमा प्रतिगमन भएको देख्ने गरेको टिप्पणी गर्नुभयो । त्यस किसिमका आलोचनालाई उहाँले देशमा अस्थिरता चाहनेहरूको कुतर्कको संज्ञा दिनुभयो ।
शुक्रवार सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘यतिबेला पनि केही अस्थिरता चाहने र देशमा शान्ति देख्न नचाहने तत्त्वहरूले लोकतान्त्रिक मूल्य, मान्यताअनुसार संविधान र कानुन बमोजिम देश चल्ने कुरालाई अस्वीकार गरेर आफ्ना स्वार्थमा केन्द्रित कुतर्क गर्छन् । अहिले पनि देशमा प्रतिगमन भएको देख्छन् । आफूले सरकार बनाउन नसक्नु प्रतिगमन । अर्कोले सरकार बनाउनु प्रतिगमन । यस्तो तथाकथित नक्कली क्रान्तिकारी चस्माबाट सधैँ हेर्छन् र अहिले पनि नागरिकलाई भ्रममा पार्न खोजिरहेका छन् । देशमा प्रतिगमन भएको छ र प्रतिगमनका विरुद्ध लड्न सबै एकजुट भएर लागौँ भनेर शान्ति कायम हुन नदिने, स्थिरता हुन नदिने र अस्थिरता र अशान्तिको एउटा भूमण्डल खडा गर्न खोज्ने प्रयास भएका छन् ।’
आफ्नो स्वार्थका निम्ति यस विकराल अवस्थामा सरकारलाई सेक्न खोज्ने प्रवृत्ति उचित नभएको भन्दै उहाँले देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रअनुसार, संविधान र कानुनका स्पष्ट व्यवस्था र मर्यादाअनुसार कोभिड १९ का विरुद्ध सङ्घर्षमा जुटेको स्पष्ट पार्नुभयो ।
सरकारको गम्भीरतालाई छिमेकी र मित्र राष्ट्रहरूले हेरिरहेको भन्दै उहाँले यस्तो अवस्थामा पनि देश र नागरिकप्रति चिन्तित नभएर स्वार्थ केन्द्रित हुनु उचित नहुने प्रधानमन्त्री ओलीले टिप्पणी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।