सिद्धबाबा र नागढुङ्गा सुरुङमार्गमा कहिलेदेखि चल्छन् गाडी ?
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । गएको वैशाख ३१ गते पद तथा गोपनीयताको शपथ लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द दुई पटक उच्चारण गर्दासमेत प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्नुभएको थियो ।
प्रधानमन्त्री ओलीको शपथलाई लिएर वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसी रिट निवेदन लिएर सर्वोच्च पुग्नुभएको हो । उहाँहरूले संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रो पटक शपथ गराउन माग गर्नुभएको छ ।
यस्तै अधिवक्ता सन्तोष भण्डारीले प्रधानमन्त्रीकाे शपथ र प्रधानमन्त्रीले गर्नुभएकाे सात मन्त्रीको नियुक्तिविरुद्ध अर्को रिट निवेदन पेस गर्नुभएको छ । तर दुवै रिट निवेदन दर्ता भने भएको छैन ।
रिटमा सङ्घीय संसद् सदस्य नरहेकालाई पुनः नियुक्त गर्नु संविधान विपरीत हुनेसमेत भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।