एन्फा महिला लिगमा एपीएफ र आर्मी खेल्दै
माघ ३, २०८१ बिहिबार
सुर्खेत – फौजदारी अभियोगमा सजाए पाएका मन्त्रीलाई तत्काल बर्खास्तको माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजदेखि सुरु भएको कर्णाली प्रदेश सभा बैठक रोकेको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापा अदालतबाट फौजदारी मुद्दा पुष्टि भएर सजाए पाएका व्यक्ति भएकाले सरकारले तत्काल बर्खास्त गर्न एमालेले माग गरेको हो ।
एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकाले त्यो नसच्चाएसम्म सदन चल्न नदिने बताउनुभयो । उहाँले एमालेले सरकारलाई रचनात्मक सहयोग गर्ने तर राजनीतिक अपराधी सरकारमा संलग्न भएको मूकदर्शक भएर हेर्न नसकिने भन्दै तत्काल बर्खास्त गर्न माग गर्नुभयो । मन्त्री थापा मन्त्रीमा नियुक्त भएपछि किर्ते जालसाजी मुद्दामा सजाए पाएको कुरा बाहिरिएको थियो । सर्वोच्च अदालतमा रिट परेपछि अदालतले लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
एमाले संसदीय दलका नेता कँडेलले राजनीतिक निर्णय लिन पाइने तर राजनीतिक अपराध गर्न नपाइने भएकाले सरकारले सच्याउनुपर्ने बताउनुभयो । अदालतले अभियोग पुष्टि गरिसकेका व्यक्ति झण्डा हल्लाउँदै यो सम्मानित सभामा आउँदा सभाको मर्यादा नहुने भन्दै सरकारले तत्काल सच्याउनुपर्ने उहाँको भनाइ छ ।
मन्त्री थापाले 'फ्लोर क्रस' गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिएपछि गएको वैशाख ४ गते मन्त्रीमा नियुक्त हुुनु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।