खनाल–नेपाल समूहको निष्कर्ष : एकता प्रस्ताव आह्वान गलत मनसायबाट आएको छ, लिखित धारणा सार्वजनिक गर्छाैँ

‘सर्वाेच्चमा बुझाइसकिएकाे हस्ताक्षर फिर्ता हुँदैन’

 जेठ २४, २०७८ सोमबार १७:१२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेको खनाल–नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ६ बुँदे प्रस्तावबारे लिखित धारणा सार्वजनिक गर्ने भएको छ । खनाल–नेपाल समूहकाे स्थायी कमिटी सदस्यहरूको छलफलले लिखित रूपमै आफ्नो धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

यसअघि हिजो बेलुकी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि दिइएको समर्थन फिर्ता गर्नुपर्ने सर्तसहित आफू पार्टीको संरचनालाई जेठ ३ पूर्वको अवस्थामा फर्काउन तयार रहेको भन्दै ६ बुँदे प्रस्ताव आह्वान गर्नुभएको थियो ।

तर खनाल–नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले भने सर्वोच्चमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखिनुले प्रस्ताव षड्यन्त्रपूर्वक ढङ्गले आएको निष्कर्ष निकालेको हो । कुनै पनि हालतमा सर्वोच्चमा गरिएकाे हस्ताक्षर फिर्ता नहुने भन्दै ओलीकाे हिजोको एकता प्रस्ताव आह्वान पार्टी एकताभन्दा पनि विभाजन गर्ने मनसायले आएको आफूहरूले निष्कर्ष निकालेको नेता युवराज ज्ञवालीले बताउनुभयो ।

ओलीले प्रतिनिधि सभा मास्न खोजेको भन्दै खनाल–नेपाल समूहले कोभिडको बेलामा चुनाव हुन असम्भव भएको ठहरसमेत गरेको छ । ओलीकाे प्रस्तावमा बुँदागत रूपमै जवाफ दिने गरी खाका तयार भइरहेको खनाल–नेपाल समूहका नेताहरूको भनाइ छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया