मनिषा कोइराला एचपीभी खोप अभियानका लागि खोपदूत नियुक्त
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा विघटनको षड्यन्त्रमा नलाग्न प्रदेश प्रमुख सीताकुमारी पौडेलाई चेतावनी दिएको छ ।
विपक्षी दलले ३१ जना प्रदेशसभा सदस्यसहित उपस्थित भएर सरकारको दाबी गर्दा पनि प्रदेशप्रमुखले आलटाल गरेर प्रदेशसभा नै विघटन गर्ने षड्यन्त्र गरिरहेको जनमोर्चाको आरोप छ । जनमोर्चाले पृथ्वीसुब्बा गुरुङको सरकारको बर्हिगमनका लागि राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलले जारी गरेको ह्वीप उलङ्घन गरेकै कारण कृष्ण थापालाई दुई दुई पटक सांसद पदबाट हटाएर स्थान रिक्त गराएको स्मरण गराएको छ ।
कृष्ण थापालाई पदबाट हटाई स्थान रिक्त रहेको जानकारी प्रदेश प्रमुखलाई दिइसकेको अवस्थामा सांसद नै नभएको व्यक्तिको नामबाट संसदीय दलको नेताको रुपमा प्रदेश प्रमुखकहाँ आफ्नो समर्थन पृथ्वीसुब्बा गुरुङलाई रहेको भनेर दिएको निवेदन स्वत: झुटो र कपोलकल्पित रहेको जनमोर्चाले जनाएको छ ।
एमाले गण्डकी प्रदेश संसदीय दलले अनाधिकृत रुपमा राष्ट्रिय जनमोर्चाको पृथ्वीसुब्बा गुरुङलाई समर्थन रहेको भनेर सांसद नै नभएको व्यक्तिलाई प्रयोग गरी झुटाे निवदेन दिन लगाउने निन्दनीय र भर्त्सनीय कार्य गरेको जनमोर्चाको आरोप छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।