उद्यम गर्न चाहनेलाई सरकारले धितो नराखी ऋण दिने

 भदौ १०, २०७५ आइतबार १८:४७:५० | उज्यालो सहकर्मी

काठमाडौं – उद्यम गर्न चाहने युवालाई सरकारले बिनाधितो  पाँच देखि १० लाख रुपैयाँसम्म ऋण दिने भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा स्वरोजगार उत्पादन तथा उद्यमशीलताको विकासका लागि बिना धितो ऋण लगानी गर्ने बताउनुभएको हो ।

 आइतबार काठमाडौंको किङ्स कलेजले आयोजना गरेको तेस्रो राष्ट्रिय युवा उद्यमी छनौट कार्यक्रममा बोल्दै मन्त्री विष्टले धेरै युवामा श्रम र उद्यमशीलताबाट टाढिने मानसिकताका कारण बेरोजगारीको समस्या बढेको बताउँदै सानो पूँजीको अभावमा कोही पनि युवा उद्यमशील बन्नबाट बञ्चित हुनु नपर्ने बताउनुभएको हो । 

श्रमलाई सम्मान गर्ने मानसिकताको अभावले उद्यमशीलताको विकास हुन नसकेको बताउँदै उहाँले सामान्य पढेलेखेका युवामा सानो काम गर्नुहुन्न भन्ने नकारात्मक सोच नै चुनौती बनेको उल्लेख गर्नुभयो ।

स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने सरकारको पहिलो प्राथमिकता भएको र त्यसका लागि विभिन्न कार्यक्रम ल्याउने मन्त्री विष्टले बताउँदै आउनुभएको छ ।
 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

6 Comments

  • राम प्रसाद न्यौपाने ।

    Aug. 30, 2018, 4:11 p.m.

    मन्त्री ज्यु तपाईंको योजना सहि छ ।तर छिटोभन्दा छिटो कार्यन्वयनमा ल्याउनुु पर्यो।

  •  0 Reply
  • शक्तिमान गोले

    Aug. 28, 2018, 10:47 p.m.

    आफ्नो कार्यकर्तालाई दिने हो, जोसङ्ग उद्धमको कुनै काॠ योजना अनि स्किल हुदैन उसैको हातमा रकम सजीलै पुग्छ तर ननकार्यकर्तालाई पैसा लिन गार्हो छ दु:ख मात्रै दिन्छन आश्वासन मात्रै त हो नि ।

  •  0 Reply
  • खिमानन्द भट्टराई

    Aug. 28, 2018, 9:07 p.m.

    माननीय मन्त्री ज्यू म जस्ता धेरै युवा सरकारी लगानी को प्रतिक्षामा छन रोजगारीको लागी राम्रो सोच लिनु भएको छ । विगत देखिको हजुरको इतिहास हेर्दा काम गर्नुहुन्छ जस्तो लाग्छ तर अरु नेताको त यस्ता भाषण पनी हुन्छन ।किन देशले गोकर्ण बिस्टलाइ एउटा मन्त्री विगत देखि किन पाएन र वर्तमानमा मात्र पायो ????

  •  0 Reply
  • पदम बहादुर गुरुङ

    Aug. 28, 2018, 3:21 p.m.

    यहाबाट त्यहा जाउ त्यहाबाट त्यहा जाउ आज आउ भोलि आउ पर्सि आउ भनेर दुख मात्र दिनेत होला

  •  0 Reply
  • sujan

    Aug. 28, 2018, 12:54 p.m.

    मलाई पनि चाहिएको थियो, कहिले दिने हुन ?

  •  0 Reply
  • Khom raj poudel

    Aug. 27, 2018, 12:28 a.m.

    यो समाचार मात्र हो जस्तो लाग्छ । बिदेश बाट नेपाल आएको सात् महिना भयो । छट्पटी ले रात भरी निद्रा लाग्दैन लागनी गर्ने पैशा छैन । फेरी साहु को रिन् खोजेर बिदेश जाऊ भने घर परिवारको बिचली होला । देश भित्र केही गरेर परिवारको आँखा मा खुशी ल्याउन सक्ने इस्थिती छैन । मन एकोहोरो हुन्छ । लाग्छ आज भोली त् जिन्दगी असफलता रहेछ पैशा बिनाको यो संसार केही छैन । सुसाईद नोट् लेखेर जिन्दगी देखी बिदा मागु जस्तो लाग्छ । सरकारमा काम गर्ने हाम्रा मन्त्री जिउ हरु भाषान गर्नु हुन्छ । गरीब र बेरोजगार यूबा को के हालत छ सर्बेक्षण गर्नु हुँदैन यहाँ आउनुस् कुन हालत भएको छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया