सप्तरीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक जनाको ज्यान गयो

 असार १५, २०७८ मंगलबार ८:३२:१६ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जना महिलाको ज्यान गएको छ।

हिजो सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका ६ महुली बजार बस्ने ३५ वर्षीया जहादा खातुनको करेन्ट लागेर ज्यान गएको सप्तरी प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार मोबाइल चार्ज गर्ने क्रममा तार सर्ट भइ करेन्ट लागेर जहादा घाइते हुनुभएको थियो ।

उहाँको नर्सिङहोम अस्पताल विराटनगरमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया