नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन रहेको अ...
मंसिर ८, २०८१ शनिबार
लेक्मे फेशन वीकले आयोजना गरेको कार्यक्रममा बलिउडका कयौं अभिनेता तथा अभिनेत्रीहरुले र्याम्प वाक गरे । अभिनेत्री करीना कपूर खान, जान्हवी कपूर, विपाशा बासु, दिया मिर्जा, करिश्मा कपूर तथा अभिनेता राजकुमार राव, अर्जुन कपूरलगायतले पनि विभिन्न डिजाईनरका पहिरनमा र्याम्प वाक गरे ।
यसका साथै बलिउडकी ‘ड्रिम गर्ल’ हेमा मालिनी र उनकी छोरी अभिनेत्री इशा देवलले पनि एकसाथ र्याम्प वाक गरे । दुबैजना पारम्पारिक पहिरनमा सजिएका थिए ।
इशाले उनको इन्स्टाग्राममा यसका कयौं तस्बिरहरु सेयर गर्दै ड्रेस डिजाइनर संजुक्ता दत्त जसले उनको पहिरन डिजाइन गरेकी थिइन उनलाई धन्यवाद तथा शुभकामना पनि दिएकी थिइन् ।
कार्यक्रम राम्रै ढंगबाट अगाडि बढीरहेको थियो । र्याम्प वाक सकिए लगत्तै हेमा र इशा देवल मिडियासँगको कुराकानीमा लागे । हेमा मालिनीलाई इशाका साथ लेक्मे फेशन विकको अनुभवबारे सोधिएको प्रश्नमा उनले भनिन् ‘म धेरै खुसी छु कि डिजाइनर संजुक्ता असममा महिला सशक्तिकरणका लागि काम गरिरहेकी छिन् । म इशाको आउदै गरेको शर्ट फिल्म ‘केकवाल्क’ को प्रमोशनको लागि त्यहाँ गइरहेकी छु ।’ यति भनेर हेमाले माइक इशालाई दिइन् ।
त्यसपछि यसबारेमा इशा देवलसँग पत्रकारले प्रश्न सोध्नै लाग्दा बीचमै कुरा काट्दै आयोजकका तर्फबाट भनियो कि ‘अब यहाँ कुनै पनि प्रश्न सोधिने छैन । यहाँ केवल फोटो सेशन हुनेछ ।’ यो कुरा सुन्नासाथ इशा देवलले आफ्नो रिस थाम्न सकिनन् र समातेको माइक आयोजकलाई नै थमाएर भनिन ‘अब यस प्रश्नको जवाफ आफैँ दिनु ।’ यति भन्दै इशाले आमा हेमालाई पनि बोलाउँदै स्टेज छोडेर हिँडिन् ।
आयोजकले बीचमै रोक्न खोज्नु र इशा अचानक रिसाउनुका कारण त्यहाको वातावरण असहज त भयो नै साथमा हेमाले पनि निकै अप्ठ्यारो मानिरहेकी थिइन् ।
इशाले यस पटक मात्रै होइन यस अघि यस किसिमको व्यवहार देखाइसकेकी छिन् । उनले यसअघि फिल्म ‘प्यारे मोहन’ सेटमा काम गरिरहेकी बेलामा पनि रिसको झोकमा अभिनेत्री अम्रिता रावलाई थप्पड लगाएकी थिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।