देशभर बदली : गण्डकीदेखि पश्चिममा वर्षा र हिमाली भेगमा हिमपात
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले क्रियाशील सदस्य नटुङ्गिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने/नहुनेमा प्रश्न उब्जिएको बताउनुभएको छ । बिहीवारकाे कुराकानीमा महामन्त्री कोइरालाले पार्टीको क्रियाशील सदस्य नटुङ्गिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिह्न खडा भएको बताउनुभएको हो ।
विभिन्न जिल्लाबाट उजुरी आएको भन्दै उहाँले असार महिनाभित्र क्रियाशील सदस्य नटुङ्गिएमा महाधिवेशनप्रति आशङ्का उब्जिने बताउनुभयो । क्रियाशील सदस्य छिटो टुङ्ग्याउनका निम्ति आफूहरूले भरमग्दुर प्रयास गरेको पनि उहाँले बताउनुभयो ।
महामन्त्री काेइरालाले भन्नुभयो, क्रियाशील सदस्य यो महिनाभित्र गर्न सकिएन भने त आशङ्का भइहाल्यो नि ! यति जटिल छ अहिले क्रियाशील सदस्यका बारेमा । ४६ जिल्ला भइसक्यो, त्यसमा पनि उजुरी आएको छ, त्यसलाई पनि हेर्नुपर्याे । तसर्थ अहिलेको अवस्थामा भन्न सकिँदैन कि समयमा नै अधिवेशन हुन्छ कि हुँदैन, प्रश्न चिह्न चाहिँ छ । तर हाम्रो ध्यान त्यतैतिर गएको छ । हामी भरमग्दुर प्रयास गर्दैछौँ क्रियाशीलको छिटो टुङ्ग्याउँ भनेर ।
महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षीय नेताहरूको दौडधुप पनि निकै बढेको छ । बिहीवार नै काठमाण्डाैमा रहेकाे एक हाेटलमा पौडेल पक्षीय नेताहरूले बैठक गरेका थिए । रामचन्द्र पौडेल, शशाङ्क कोइराला, शेखर कोइराला, मिनेन्द्र रिजाल लगायतका नेतासहितको बैठकमा पनि पार्टीको क्रियाशील सदस्य कसरी टुङ्ग्याउने भन्ने विषयमा नै छलफल भएको महामन्त्री कोइरालाले जानकारी दिनुभयाे ।
क्रियाशील सदस्य टुङ्गो नलगाइकन महाधिवेशनमा जान नसकिने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।