देशभर बदली : गण्डकीदेखि पश्चिममा वर्षा र हिमाली भेगमा हिमपात
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – देशको पश्चिम क्षेत्रमा पश्चिमी न्यूनचापीय प्रणाली भित्रिएको छ । यसको प्रभावले आज पश्चिमी भेगमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज रातिसम्म कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।
यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई ठाउँमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।
कोशी र बाग्मती प्रदेशका एक, दुई ठाउँमा पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलिदेखि मौसममा सुधार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।