देशभर बदली : गण्डकीदेखि पश्चिममा वर्षा र हिमाली भेगमा हिमपात
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ - नेकपा एमालेभित्रको विवाद मिलाउन गठन भएको कार्यदलको प्रगति गएको १० दिनदेखि शून्य अवस्थामा रहेको खुलासा भएको छ ।
बिहीवार बिहान बसेको बैठकपछि बाहिरिने क्रममा वार्तामा रहेका नेताहरूले बेलुका सहमति हुने भनेर पत्रकारहरूलाई सकारात्मक सन्देश दिएका थिए । तर बिहीवार बेलुका बसेको बैठक औपचारिक रूपमा नबसी सकिएपछि बाहिरिने क्रममा नेता घनश्याम भुसालले १० दिनयता कुनै प्रगति नभएको खुलासा गरेका हुन् ।
सिंहदरबारमा अर्थ मन्त्रालयमा बिहीबार दोस्रो पटक बसेको बैठकमा प्रधानमन्त्री ओली पक्षका वार्ता सदस्य अर्थ मन्त्री विष्णु पौडेल अनुपस्थित भएपछि विषय प्रवेश नै नगरि दुवै पक्षका नेताहरू बाहिरिएका थिए ।
बाहिरिने क्रममा नेता भुसालले भन्नुभयो, 'हामी झन्डै १० दिनअघि जुन अवस्थामा थियौँ अहिले त्यही अवस्थामा छौँ । खास प्रगति गरेका छैनौँ ।'
यता वार्ता समितिका अर्का सदस्य सुवास नेम्वाङले भोलि बिहान बस्ने बैठकले सहमतिसहित निष्कर्ष दिने बताउनुभयो ।
अर्को बैठक भोलि (शुक्रबार) ११ः३० बजे अर्थ मन्त्रालयमा बस्ने बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।