देशभर बदली : गण्डकीदेखि पश्चिममा वर्षा र हिमाली भेगमा हिमपात
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद् विस्तारमा राष्ट्रपतिबाट भएको काम कारबाही संविधानअनुसार नै भएको तर्क गरेको छ ।
मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दामा राष्ट्रपति कार्यालयले आज शुक्रवार सर्वाेच्च अदालतलाई लिखित जवाफ बुझाउँदै राष्ट्रपतिको भूमिका संविधानसम्मत रहेको तर्क गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको जेठ २१ मा गर्नुभएको मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर गरिएको मुद्दामा राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वाेच्चलाई लिखित जवाफ बुझाएको हो ।
‘नेपालको संविधानको धारा ६६ को उपधारा २ मा राष्ट्रपतिले आफ्नो अधिकार र कर्तव्यको पालना गर्दा यो संविधान वा सङ्घीय कानुन बमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट हुनेछ भन्ने व्यवस्था छ’, जवाफमा भनिएको छ ।
प्रधानमन्त्रीबाट मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्य विभाजन गर्न सिफारिस भइ आएकोले संविधानअनुसार राष्ट्रपतिबाट मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरिएकाले रिट निवेदन बदरभागी भएको तर्क गरिएको छ ।
यसअघि बिहीवार मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्चमा लिखित जवाफ पठाउनुभएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।