देशभर बदली : गण्डकीदेखि पश्चिममा वर्षा र हिमाली भेगमा हिमपात
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलका सदस्य रघुजी पन्तले कार्यदलले आजै रातिसम्ममा सहमतिमा पुग्ने गरी छलफल गरिरहेको बताउनुभएको छ ।
आज कार्यदलको बैठक दिउँसोदेखि चलिरहेकाे छ । सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै कार्यदल सदस्य रघुजी पन्तले कार्यदलमा छलफल सकारात्मक ढङ्गले अगाडि बढेको भन्दै आजै रातिसम्ममा सहमति हुन सक्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मस्यौदामा छलफल गर्याैँ । मस्यौदामा हामीलाई लागेका सुझाव दियौँ । छलफल सकारात्मक ढङ्गले भएको छ । हाम्रो सुझावलाई त्यसमा सामेल गरेर सम्भव भएसम्म आजै त्यसलाई पूर्णतामा पुर्याउने प्रयत्न छ । पार्टी एकतालाई कसरी प्रभावकारी ढङ्गले अगाडि बढाउन सकिन्छ भन्ने केही बुँदामा हामीले आफ्ना धारणालाई सहमतिका साथ बनाउने प्रयत्न गरेका छौँ । साथीहरूले राखेका भावना, धारणा र विचारलाई पनि राखेर त्यसलाई पूर्ण बनाउने प्रयत्न भएको छ । सम्भव भएसम्म हामी आज नै त्यसलाई सकौँ भन्ने प्रयत्नमा छौँ । छलफल चलिरहेको छ । त्यसलाई फाइनल रूप दिने प्रयास भइरहेको छ ।’
कार्यदलको बैठक गएकाे सोमवारदेखि निरन्तर बसिरहेको छ । नेताहरुले हरेक दिन सहमतिको नजिक पुगेको र एमाले एकता हुने दाबी गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।