काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – शेयर बजार परिसूचक मापक नेप्से आज बिहीवार ११ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ११ दशमलव ३३ अङ्कले बढेर २८ सय ३ दशमलव ३८ विन्दुमा पुगेको छ ।
आज व्यापार समूहको शेयर २८ दशमलव ७१ अङ्कले, हाइड्रोपावरको ५६ दशमलव १४ अङ्कले, फाइनान्सको ४७ दशमलव ८९ अङ्कले, निर्जीवन बीमाको ३६ दशमलव २६ अङ्कले र माइक्रोफाइनान्स समूहको शेयर ४५ दशमलव ७१ अङ्कले बढेको छ । आज होटल र पर्यटन समूहको शेयर भने ५० अङ्कभन्दा धेरैले घटेको छ ।
आज दुई सय २३ कम्पनीका पाँच करोड ८५ लाख कित्ता शेयर आठ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको ३६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज नाङ्दी ग्रुप पावर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै साढे नौ प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।