आज अमेरिकी डलरसहित केही विदेशी मुद्राको भाउ बढ्यो
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – प्रदेश २ मा नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्रीले शपथ लिएका छन् । भरत साहले आन्तरिक मामिला तथा सञ्चारमन्त्री र रुवी कर्णले राज्यमन्त्री पदमा शपथ लिनुभएको हो ।
साहलाई प्रमुख डा. राजेश झा अहिराज र कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ खुवाउनुभयो । साह महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित र कर्ण सप्तरीबाट समानुपातिक सांसद हुनुहुन्छ । माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन हिजो आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिनुभएकाे थियाे ।
मुख्यमन्त्री राउतले आज उहाँहरुको राजीनामा स्वीकृत गरेर साह र कर्णलाई नियुक्त गर्नुभएको हो । यादव र सिंह सत्तापक्षका सांसद हुनुहुन्छ । यस अघि मुख्यमन्त्री राउतले महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकासमन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर कांग्रेसलाई सरकारमा सहभागी गराउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।