कांग्रेसका केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न सभापति देउवाकाे निर्देशन

 साउन २, २०७८ शनिबार १९:२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्ने पार्टीका नेता, कार्यकर्तालाई कारबाही गर्ने भएको छ ।

आज बसेको पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री एवम् पार्टीका सभापति शेरबहादुर देउवाले सदस्यता छानबिन समितिका सदस्य घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र संलग्न अरुलाई कारबाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले घटनामा संलग्नलाई २४ घण्टा भित्र स्पष्टिकरण लिई ३ दिन भित्र कारबाही गर्न सभापति देउवाले पार्टीको अनुशासन समितिलाई निर्देशन दिनुभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बस्नेत नेतृत्वको टोलीले शुक्रबार पार्टीका केन्द्रीय सदस्य एवम् क्रियाशील सदस्यता छानबिन समितिका सदस्य घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेका थिए । बैठकले क्रियाशील सदस्यता छानबिन समितिलाई सहयोग गर्न पनि पार्टीको सिंगो पङ्क्तिलाई आह्वान गरेको प्रवक्ता शर्माले बताउनुभयो । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदाै १६ देखि १९ गतेसम्म हुँदैछ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया