मन्त्रीलाई बाेलाएर विपद्सम्बन्धी विषयमा छलफल गर्ने समितिकाे निर्णय

 साउन ५, २०७८ मंगलबार १७:०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राज्य व्यवस्था तथा सुशासन समितिमा विपद् र दैविक प्रकोप सम्बन्धी विषयमा मन्त्रीलाई बोलाएर छलफल गर्ने निर्णय भएको छ । समितिको मङ्गलवारको बैठकमा सभापति शशि श्रेष्ठले यही शुक्रवार मन्त्रीलाई बोलाएर यस विषयमा छलफल गर्ने बताउनुभयो ।

समितिको बैठकमा सांसदहरूले बाढी, पहिरो तथा डुबानबाट पीडित भएका नागरिककाे उद्धार, राहत तथा पुनर्स्थापनापछिको विषयमा जनस्तरबाट गुनासो आएको बताएका थिए । कतिपय ठाउँमा सरकारको उपस्थिति नै नभएको भन्दै गृह मन्त्री बालकृष्ण खाँडलाई बोलाएर जानकारी लिन माग गरेका थिए ।

छलफलमा विपद् तथा दैविक प्रकोप सम्बन्धिका कुरामा सांसदहरूले आफ्नो धारणा राखेका थिए । सांसद दिलेन्द्रप्रसाद बडुले प्रतिवेदनमा रहेका प्रमुख बुँदा सचिवालयले उल्लेख गरेर आफ्नो भाषामा राख्न अनुरोध गर्नुभयो ।

छलफलमा बोल्दै सांसद विजय सुब्बाले प्रतिवेदन आफूले पढ्न पाउने माग राख्दै अध्ययनपछि मात्रै यसमा सुझाव दिन सक्ने बताउनुभयो ।

सांसद प्रेम सुवालले समितिमा पेस भएको प्रतिवेदनमा सुझाव नपुगेको गुनासो गर्नुभयो । तीन वटै उपसमितिले बनाएको प्रतिवेदन अर्को एक समितिले हेर्दा उपयुक्त हुने उहाँको धारणा थियो ।

त्यस्तै सदा सुवेदी गुरुङले मनाङ र सिन्धुपाल्चोकका प्राकृतिक प्रकोपबाट पीडितलाई अझै राहत दिन नसकेको बताउनुभयो । उहाँले राहतमा खसी देखाएर फर्सी दिने त्यो पनि आज, भोलि नभएर पर्सि भएको बताउनुभयो ।

सांसद डा. डिला संग्रौलाले उपसमितिले दिएको प्रतिवेदन स्वीकार्दै समितिका सुझावलाई प्रतिनिधि सभामा लैजाने वातावरण मिलाउन सुझाउनुभएको छ ।

त्यस्तै लालबाबु पण्डितले उपसमितिको विषयमा छलफल मात्रै भएको तर समितिले प्रतिवेदन तयार नगरेकाे बताउनुभएको छ । सुशासन समितिको बैठकमा बोल्दै पण्डितले समितिले प्रतिवेदन ड्राफ्टमा ल्याएर छलफल गर्नुपर्ने धारणा राख्नुभएको छ ।

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि संसदीय राज्य व्यवस्था तथा सुशासन समितिको पहिलो बैठक बसेको हो । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया