उद्याेग परिसङ्घको अध्यक्षमा अग्रवाल

 साउन ६, २०७८ बुधबार २०:१३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल उद्योग परिसङ्घको नेतृत्व उद्यमी विष्णुकुमार अग्रवालले सम्हाल्नुभएको छ । परिसङ्घको १८ औँ वार्षिक साधारण सभाबाट अग्रवाल परिसङ्घको अध्यक्ष चयन हुनुभएको हो । अग्रवाल यसअघि परिसङ्घको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

उहाँले यसअघि परिसङ्घ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसक्नुभएको छ । साथै उहाँले परिसङ्घको पूर्वाधार विकास समितिको सभापति भएर पनि काम गरिसक्नुभएको छ । पूर्व फुटबल खेलाडीसमेत रहनु भएका अग्रवाल नेपाल सुपर लिग विजेता काठमाण्डाै रेजर्स फुटबल क्लबका प्रोमोटर हुनुहुन्छ । 

नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्ल्यू ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुनुहुन्छ ।

परिसङ्घको साधारण सभाले ३७ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको छ । त्यस मध्येबाट सात जना उपाध्यक्ष चयन हुनुहुनेछ । 

राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमितमोर, रतनलाल केडिया, राहुलकुमार अग्रवाल, सन्दीपकुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दीपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाण कुमार चौधरी, विक्रम सिंघानिया, दिलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन हुनुभएको छ । 

यसैगरी प्रतिष्ठानगत तर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन हुनुभएको छ । 

संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र वसन्तबहादुर चन्द राष्ट्रिय परिषद् सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैबीच परिसङ्घको साधारण सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले युनिएन अफ एसिएन चेम्बर्सको शुभारम्भ गर्नुभएको छ । एसियाली देशका चेम्बरको साझा मञ्च निर्माण गर्ने उद्देश्यले युनिएन अफ एसिएन चेम्बर्सको शुभारम्भ गरिएको हो ।   

युनिएन अफ एसिएन चेम्बर्सको नेतृत्व अहिले परिसङ्घका उपाध्यक्ष निर्वाण चौधरीले लिनुभएको छ । कार्यक्रममा चौधरीले एसियाली देशमा व्यापार सहजीकरण गर्ने, क्षेत्रीय आर्थिक विकासमा योगदान गर्ने र एसियालाई २१ औँ शताब्दीको आर्थिक केन्द्र बनाउने गरी अघि बढ्ने उद्देश्य राखिएको उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया