ठाकुरले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिन्छौँ – यादव

 साउन ११, २०७८ सोमबार १२:५६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष उपेन्द्र यादवले आत्मालोचना गरेर आए अर्का अध्यक्ष महन्थ ठाकुरलाई पार्टीमा ठाउँ दिने बताउनु भएको छ । 

निर्वाचन आयोगले जसपा विवादबारे निर्णय सुनाउने तयारी भइरहेका बेला यादवको यस्तो अभिव्यक्ति आएको हो ।  अहिले निर्वाचन आयोगमा सनाखतको काम भइरहेको छ । ५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले उपेन्द्र पक्षमा सनाखत गरिसकेका छन् । 

ठाकुर पक्षमा कार्यकारिणी समितिका १६ जना पनि नपुग्ने देखिएको छ । कारागारमा रहेका रेशम चौधरीलाई पनि सनाखतका लागि ल्याउने व्यवस्था गरिएको यादवको भनाइ छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका ३५ जना रहेको दाबी गरिएको छ । 

तीमध्ये १८ जना प्रतिनिधि सभा र २ जना राष्ट्रिय सभाका सांसद छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएको जसपाको यादव पक्ष निर्वाचन आयोगबाट आधिकारिकता विवाद टुङ्गो लागेपछि सरकारमा जाने तयारीमा छ ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया