उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
जुम्ला - जुम्लाको छुमचौरमा भीषण वर्षापछि आएको बाढीले घट्ट बगाउँदा अपाङ्गता भएकी एक महिलाकाे ज्यान गएकाे छ। बाढीले घट्ट बगाउँदा जुम्ला पातारासी गाउँपालिका वडा नम्बर ३ की ३५ वर्षीया शर्मिला बुढाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।
शारीरिक रुपमा अपाङ्ग र बोल्न नसक्ने महिलालाई बाढीले बगाएकाे प्रहरी निरीक्षक तथा सूचना अधिकारी यौवन चौधरीले बताउनु भयाे। पातारासी गाउँपालिकाका वडाध्यक्ष बिर्खराम बाेहराका अनुसार बाढी आएपछि दौडन नसकेर उहाँलाई बगाएकाे हाे ।
उहाँसँगै घट्ट गएका मुनसोभा बाेहरा र जसकला रावत भने भागेर बाँच्न सफल भएका छन् । बाढीले बगाएर ज्यान गुमाएकी महिलाकाे शव भेटिएर दाहसंस्कार गरिएको वडाध्यक्ष बाेहराले बताउनु भयाे।
बाढीले अहिलेसम्म करिब ६ वटा घट्ट, २० वटाभन्दा बढी चौपाया र एक हेक्टरभन्दा बढी बालीनाली र जग्गामा क्षति पुर्याएकाे वडाध्यक्ष बहोराले जानकारी दिनुभयो । बाढीले वडा नम्बर २ र ३ जोड्ने काठेपुल बगाउँदा आवतजावत गर्न कठिनाइ भएकाे उहाँले बताउनु भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।