उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - टाटा मोर्टसका लागि नेपालकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र शिखर इन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ ।
शिखर इन्स्योरेन्सको प्रधान कार्यालय शिखर बिजमा भएको एक कार्यक्रममा सिप्रदीका तर्फबाट संस्थाका उप–सभापति सौरव राजथपलिया र शिखर इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको हो ।
यस अटो प्लसमा सम्झौता समेटिएका याेजना टाटा माेटर्सद्वारा उत्पादित गाडीहरु टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रा लगायतमा लागू हुने सिप्रदीले जनाएकाे छ । यस अटो प्लस स्किममा गाडीदर्ता भएको मितिबाट पाँच वर्षसम्म लागू हुनेछ । यस स्कीमब्यापक मोटर बीमा पोलिसीमा मात्र लागू हुने कम्पनीले जनाएकाे छ । यस अन्तर्गत शून्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर ३ हजार रुपैयाँ र टाटा एस / टाटा इन्ट्राका लागि भाडादर १५ सय प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन लगायतका योजनाहरु समेटिएका सिप्रदीले जनाएकाे छ ।
यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को आफूलाई पायक पर्ने कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दाबी गर्न सक्नेछन् । अटो प्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकहरुलाई थप सहज हुने दुवै कम्पनीको दाबी रहेकाे छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।