उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोनाविरुद्ध दुवै डोज लगाइसकेका युरोप र अमेरिकाबाट बेलायत आउने यात्रुहरुले अब क्वरेण्टीनमा बस्न पर्दैन ।
युरोपियन देशबाट आउनेहरुले दुवै डोज खोप लगाएको प्रमाणस्वरूप ईयू डिजिटल कोभिड प्रमाणपत्र र अमेरिकाबाट आउनेहरुले सीडीसी कार्ड उपलब्ध गराउनुपर्नेछ । तर, यात्रा गर्नु अघि र बेलायत आएको दोस्रो दिनमा भने यात्रुहरुले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्नेछ ।
भारतलाई भने बेलायतले रेड जोनमा राखेको छ । भारतबाट बेलायत जानेहरुका लागि कस्तो नियम बनाउने भन्नेबारे केही दिनपछि निर्णय गर्ने बेलायतले जनाएको छ । पछिल्लो समय बेलायतमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिँदै गइरहेको छ । सङ्क्रमण दर बढे पनि यसको असर कम भएको भन्दै सरकारले जनजीवन सामान्य बनाउन प्रतिबन्ध हटाउँदै लगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।