षड्यन्त्र गरेर फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न ओलीलाई नेपालकाे चेतावनी

 साउन १६, २०७८ शनिबार १८:३५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिनु भएको छ । 

वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति सङ्केत गर्दै जालझेल, षड्यन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराउनु भएको हो ।

उहाँले भन्नु भयाे, 'यो प्रतिनिधि सभा विघटन गर्ने दुस्साहस अब कसैले पनि नगरोस् । फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षड्यन्त्र कसैले नगरोस्, अब जे हुनेछ पारदर्शी ढङ्गले हुनेछ ।'

अखिल फोर्सले शनिवार काठमाण्डाैमा आयोजना गरेको भेलामा बोल्दै उहाँले भन्नुभयो, 'संविधानको संरक्षण भएको छ । संविधानको सही व्याख्या भएको छ । सर्वोच्च अदालतको फैसलाप्रति हामी सम्मान गर्न चाहन्छौँ ।'

वरिष्ठ नेता नेपालले संविधान जोगाएर नयाँ सरकार बनाएको उल्लेख गर्दै सरकारलाई राम्रो काम गरेर देखाउन पनि आग्रह गर्नुभयो । उहाँले सही विचार आत्मसात गरेर अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशन समेत दिनु भयो ।

यस्तै नेता नेपालले आफू विचारमा अडिग भएर उभिएको नेता भएको दाबी गर्दै त्यहीअनुसार वैचारिक अडानका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले नेतृत्व अराजक ढङ्गले नचलोस् भन्नेमा सचेत रहन पार्टीका कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sujan Khanal

    July 31, 2021, 8:21 p.m.

    याे जस्ताा राजनितिमा अाउनु भन्दा माेदिकाे शरणमा गए हुन्छ अाउने चुनावमा यसकाे पक्षबाट जाे उमेदवार बन्छ त्यसले नसाेचे हुन्छ मैले भाेट पाउछु भनेर र याे पनिि हेक्का रहाेस जाे माधव नेेपाल, झलनाथ भनेर अाउछ त्यसकाे चाहे नेतअ चाहे कार्यकर्ता त्यसकाे ज्यानले दुख पाउनेछ त्यसैले अाउने चुनावमाा म सँग भाेट माग्न नअाउनु

  •  0 Reply

तपाईको प्रतिक्रिया