उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले अध्यक्ष भीष्मकुमार ढुंगानालाई निलम्बन गरेर छानबिन गर्न माग गरेको छ । बोर्डका अध्यक्ष ढुंगानाले बुक विल्डिङमार्फत जारी हुन लागेको सर्वोत्तम सिमेन्टको ११ हजार कित्ता शेयर छोरीको नाममा किनेको आरोप लागेको छ ।
शेयर बजारको नियामक निकायकै प्रमुखले आफू र परिवारको शेयर किन्दा बजार प्रभावित हुने र कानुन विपरीतको कार्य भएको भन्दै कर्मचारी युनियनले अध्यक्ष ढुंगानालाई निलम्बन गरेर छानबिनको माग गरेको हो । संवेदनशील जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा शेयर खरिद गर्नु धितोपत्र बोर्डका अध्यक्ष तथा सञ्चालकका रूपमा गम्भीर विचलन भएको युनियनको भनाइ छ ।
सञ्चार माध्यममा आएका विषयले बोर्ड अध्यक्षको इमानदारिता, कानुनी प्रावधान, आचारसंहिता अनुसार गम्भीर नैतिक पतन देखिएको र ३८ लाख लगानीकर्ताको सम्पत्तिको सुरक्षाका लागि पनि अध्यक्षलाई हटाएर गम्भीर अनुसन्धान हुनुपर्ने बोर्ड कर्मचारी युनियनको माग छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।