देशभर बदली : गण्डकीदेखि पश्चिममा वर्षा र हिमाली भेगमा हिमपात
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेले साउन २७ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । आज आइतवार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समय सीमा साउन २३ गतेसम्मलाई तोकेको महासचिव ईश्वर पोखरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘स्थायी कमिटीको बैठक जारी छ । भोलि पनि बैठक हुन्छ । आज हामीले पार्टी सदस्यतालाई नवीकरण गर्ने र अद्यावधिक गर्ने समय सीमा तय गरेका छौँ । पहिले नै निर्देशन दिइसकेको हो । अब साउन २३ गतेभित्र सबै ठाउँका पार्टी कमिटीले, खासगरी जिल्ला पार्टी कमिटीले, प्रदेश पार्टी कमिटीको तर्फबाट सदस्यता नवीकरण र अद्यावधिक गर्ने कुरा केन्द्रमा पठाइ सक्नुपर्छ । भदौ २७ र २८ गते हामी विधान महाधिवेशन गर्दैछौँ, त्यसका लागि याे गर्नुपरेको हो । विधान महाधिवेशनका लागि सदस्यता नवीकरण, अद्यावधिक गर्ने कुरा टुङ्ग्याइ सक्नुपर्ने भएकाले निर्णय गरेका हाैँ ।’
महासचिव पोखरेलले असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिने पनि बताउनुभयो । विधान अधिवेशनका सम्बन्धमा थप निर्णय गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बोलाइएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘देशव्यापी रूपमा असोज ३ गते वडा तहको अधिवेशन गरिसक्छौँ र असोज ९ गते हामी पालिकास्तरको अधिवेशन गरिसक्छौँ । विधान अधिवेशन सम्बन्धमा अरू टुङ्गो गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बस्दैछौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।