उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग अर्थात् अप्टिकल फाइबर बिछ्याउने परियोजना अलपत्र परेको छ ।
ग्रामीण दूरसञ्चार कोषको नौ अर्ब ८९ करोड १७ लाख रुपैयाँ खर्च हुने यो परियोजनाको काम दुई वर्षअघि नै सम्पन्न भइसक्नु पर्नेमा अहिलेसम्म तीन वटा प्रदेशमा मात्रै काम सुरु भएको छ, चार वटामा सुरु नै हुन सकेको छैन ।
नेपाल टेलिकमले जिम्मा पाएको प्याकेज एक अन्तर्गत प्रदेश एक, प्रदेश दुई र वाग्मती प्रदेशमा दुई हजार एक सय ७९ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउनुपर्नेमा जम्मा एक हजार ६ किलोमिटर क्षेत्रमा काम सकिएको छ ।
दोस्रो प्याकेज अन्तर्गत गण्डकी र लुम्बिनीको दुई हजार एक सय ६० किलोमिटर क्षेत्रमध्ये काम नै भएको छैन । यो प्याकेजको काम गर्ने जिम्मा पाएको युनाइटेड टेलिकम लिमटेड (यूटीएल) को सर्वोच्चमा मुद्दा रहेकाले काम नै सुरु नभएको हो ।
यस्तै तेस्रो प्याकेज अन्तर्गत कर्णाली र सुदूरपश्चिममा एक हजार नौ सय ९२ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउनका लागि बल्ल ठेक्काको काम अघि बढाइएको छ । परियोजनाको नौ अर्ब ८९ करोड १७ लाख रुपैयाँमध्ये अहिलेसम्म एक अर्ब १४ करोड ४५ लाख रुपैयाँ खर्च भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।