देशभर बदली : गण्डकीदेखि पश्चिममा वर्षा र हिमाली भेगमा हिमपात
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – विधान अधिवेशनको तयारीमा जुटेको नेकपा एमालेले पार्टीका नौ वटा विभाग गठन गरेको छ । ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सोमवार बसेको पार्टीकाे स्थायी कमिटी बैठकले पार्टीका विभिन्न नौ वटा विभाग गठन गरेको हो ।
पछि पनि सदस्य थप गर्न मिल्ने गरी गठन गरिएको विभागमध्ये स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली आफैँले राख्नुभएकाे प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।सङ्गठन विभाग प्रमुखमा विष्णुप्रसाद पौडेल, संसदीय विभाग प्रमुखमा सुवास नेम्वाङ, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली, विदेश विभाग प्रमुखका डा. राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नि खरेललाई मनोनित गरिएको छ ।
प्रवक्ता ज्ञवालीले पर्यटन प्रवर्द्धन विभाग प्रमुखमा भानुभक्त ढकाल, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाललाई मनोनित गरिएको बताउनुभयो । विभागलाई पूर्णता दिन सदस्यहरूको मनोनित गर्ने काम भने बाँकी रहेको एमालेले जनाएको छ ।
एमालेले आउँदाे साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीको आउँदाे भदौ २७ र २८ गते आयोजना हुने विधान अधिवेशनमा प्रस्तुत हुने प्रस्तावबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । त्यसको दुई दिनअघि साउन २२ गते पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित रहेर अनौपचारिक छलफल गर्ने निर्णय पनि एमालेले गरेको छ ।
एमालेले पार्टीको नीति निर्माणका लागि विधान अधिवेशन बोलाउन लागिएको पनि स्पष्ट पारेको छ । प्रवक्ता ज्ञवालीका अनुसार त्यसपछि आयोजना हुने राष्ट्रिय अधिवेशनले पार्टीको नेतृत्व चयन गर्नेछ । एमालेले पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि आउँदाे असोज ३ गते वडा अधिवेशन र असोज ९ गते पालिकास्तरीय अधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।