नेप्से ३ हजार १ सय ११ अङ्कको कीर्तिमानी विन्दुमा, ११ अर्ब ५२ कराेड रुपैयाँकाे काराेबार

 साउन १९, २०७८ मंगलबार १५:३३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्सेले आज मङ्गलवार ३१ सयको कीर्तिमानी विन्दु पार गरेको छ । नेप्सेले ३१ सय विन्दु पार गरेको नेपालको शेयर बजारको इतिहासमा पहिलो पटक हो । 

हिजो साेमवार र अस्ति आइतवार सामान्य बढेको नेप्से आज २६ दशमलव शून्य दुई अङ्कले बढेर ३१ सय ११ दशमलव शून्य नौ विन्दुमा पुगेको हो । 

आज दुई सय २३ कम्पनीका दुई करोड ११ लाख कित्ता शेयर ११ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै अपी पावर कम्पनीको ४६ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

आज पाँचथर पावर कम्पनी, घलेम्दी हाइड्रो, रुरु जलविद्युत्, जीवन विकास लघुवित्त र युुनियन लाइफको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि युनिलिभर नेपाल कम्पनीको शेयर झन्डै चार प्रतिशतले घटेको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया