४१ राजनीतिक दलको दर्ता खारेज, आयोगमा अब ९५ दलकाे मात्र दर्ता कायम

 साउन १९, २०७८ मंगलबार १६:२८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले ४१ दलको दर्ता खारेज गरिदिएको छ । निर्वाचन आयोगको आज मङ्गलवारकाे बैठकले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने विभिन्न ४१ राजनीतिक दलको दर्ता खारेज गरेको हो । 

खारेज भएका राजनीतिक दलहरूको नाम, झण्डा, चिह्न दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने गरी आयोगबाट निर्णय भएको छ । 

यसरी विभिन्न ४१ दलको दर्ता खारेज भएपछि आयोगमा एक सय ३६ वटा दल दर्ता रहेकोमा ९५ वटा दलको मात्र दर्ता कायम रहन पुगेको छ । दल दर्ता खारेज भएका ४१ राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूको नाम नामेसी सहितको विवरण छुट्टा–छुट्टै तयार गरी प्रत्येक राजनीतिक दललाई तोकिएको जरिबाना रकम पचास हजार रुपैयाँ असुल गर्ने पनि आयोगले निर्णय गरेको छ । 

राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम आयोगमा दर्ता भएका दलहरूले आफ्नो आय र व्ययको वास्तविक हिसाब–किताब देखिने गरी लेखा राख्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र परीक्षण गराइ एक महिनाभित्र आयोगमा पेस गर्नुपर्ने व्यवस्था छ ।

आयोगले पटक–पटक म्याद थप गरेर अवसर दिँदा पनि दलहरूले लेखा परीक्षण नगराएकाले बाध्य भएर दल दर्ता नै खारेज गर्नुपरेको निर्वाचन आयोगले जनाएको छ । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया