अफगानिस्तानकाे प्रान्तीय राजधानी जारञ्ज तालिबानकाे कब्जामा

 साउन २३, २०७८ शनिबार ७:२६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विद्रोही समूह तालिबानले अफगानिस्तानको  प्रान्तीय राजधानी कब्जा गरेको छ ।​

अफगानिस्तानको दक्षिण, पश्चिम क्षेत्रमा पर्ने निमरोजको राजधानी जाराञ्ज तालिबान लडाकुले कब्जा गरेको बीबीसीले जनाएको छ। 

तालिबान लडाकुले अफगानिस्तानको कयौँ सीमावर्ती  चौकीका साथै ठूलो क्षेत्रफल आफ्नो कब्जामा लिएको खबरमा उल्लेख छ ।  यसका साथै पश्चिमतर्फ हेरात र दक्षिणमा लस्करगाहमा पनि सङ्घर्ष चलिरहेको छ ।

जारञ्ज एउटा ठूलो व्यापारिक केन्द्र हो । आसपासको जिल्ला कब्जा गरेसँगै तालिबानले यो क्षेत्र कब्जा गर्ने प्रयास गरिरहेको थियो । जारञ्ज कब्जा गरेसँगै तालिबान समूहले ट्वीटरमा आफ्नो जित भएको बताएको छ ।

कट्टरपन्थी इस्लामिक समूह तालिबानले इरान र पाकिस्तानसँग जोडिएका संवेदनशील सीमावर्ती क्षेत्रलगायत अफगानिस्तानको आधा भूभाग कब्जा गरिसकेको बताइएको छ । अफगानिस्तानबाट अहिलेसम्म हजारौं मानिस विस्थापित भइसकेका छन् ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया