‘द कपिल शर्मा शो’ को नयाँ सिजन लिएर टेलिभिजनमा फर्क‌ंदैछन् कपिल शर्मा

 भदौ १४, २०७५ बिहीबार १५:४४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

थुप्रै विवादका बीच कपिल शर्मा पुनः टेलिभिजन दुनियाँमा फर्कने भएका छन् । 

‘द कपिल शर्मा शो’ मार्फत दर्शकहरुमाझ निकै लोकप्रिय रहेका कपिल शर्माले छोटो समयमै ठूलो स्टारडम त कमाए तर त्यसलाई टिकाइराख्न सकेनन् ।

अस्ट्रेलिया टुरबाट फर्किरहेका बेला जहाजमै उनले आफ्नै सहकर्मी र निकै चर्चित कमेडियन सुनिल ग्रोवरमाथि हातपात र गालीगलौज गरेपछि सुनिलले शो छाडेका थिए ।

एकातर्फ सुनिलको बार्हिगमनसँगै शो नराम्ररी प्रभावित भएको थियो भने त्यसैमा कपिलको साथी कलाकारहरुप्रतिको दुव्र्यवहार र प्रमोशनका लागि शोमा गएका ठूला–ठूला बलिउड कलाकारहरुलाई सुटिङ्गमा घण्टौँ कुराउने अनि अन्तिम समयमा आएर सुटिङ्ग नै रद्ध गरिदिने उनको बानीका कारण अन्ततः शो नै बन्द हुन पुग्यो ।

त्यस समयमा कपिलले आफू डिप्रेसनको शिकार भएको र त्यसको असर आफ्नो व्यावसायिक जीवनमा परिरहेको बताएका थिए ।

टेलिभिजन दुनियाँबाट केही समय टाढा रहेका उनी नयाँ शो ‘फ्यामिली टाईम’ मार्फत पुनः दर्शकहरु माझ फर्के पनि पहिलेको जस्तो उनको जादु दर्शकहरुमा छाउन सकेन र शो बन्द भयो । 

साथै उनको दोश्रो फिल्म ‘फिरंगी’ समेत नराम्ररी फ्लप हुन गयो । दोश्रो पटक समेत आफ्नो व्यवहार नसुधारेका कारण उनको शो चल्न सकेन । 

दोश्रो पटक शो नचलेपछि पूर्ण रुपमा मिडिया र सामाजिक सञ्जालहरुबाट टाढा रहेका उनी एक हिसाबले गुमनाम जस्तै थिए । तर पछिल्लो समय युरोप भ्रमणमा रहेको बेला उनका एक जना फ्यानले खिचेको उनको तस्विर सार्वजनिक भएको थियो जस्मा उनी निकै मोटा र भद्धा देखिएका थिए ।

त्यो तस्बिर हेरेपछि धेरै जनाले कपिल अब शायद टेलिभिजन दुनियाँमा फर्किंदैनन् होला भन्ने अनुमान गरेका थिए तर सबैको अनुमानलाई गलत सावित गर्दै कपिल फेरि टिभीमा फर्कने भएका हुन् । 

आफ्नो जीवनशैलीमा सुधार ल्याई कपिल यही दिपावलीको अवसरमा टिभीमार्फत दर्शकहरु माझ फर्कने तयारी गर्दैछन् । 

कपिलले उनको यसअघिको शो ‘द कपिल शर्मा शो’ को नयाँ सिजनका साथ छिट्टैनै दर्शक माझ आउने र यसका लागि तयारी सुरु गरिसकेको कुरा एक मिडियासँगको कुराकानीमा जानकारी गराएको खबर सार्वजनिक भएका छन् ।

अहिले उनी आफ्नो बिग्रिएको शरीरलाई पुनः आकारका ल्याउन जुटेका छन् । त्यसका लागि उनले आफ्नो व्यक्तिगत बडी ट्रेनर समेत राखेका छन् । 
साथै केही दिनअघि रक्षाबन्धनको अवसरमा लिइएका उनका तस्बिरहरु सार्वजनिक भएका थिए । 

फोटोमा कपिल निकै खुशी देखिएका छन् भने यसअघि भद्दा देखिएका कपिल फुर्तिला पनि देखिएका छन् । टिभीमा कपिलको तेश्रो इनिङ्ग कति लामो समय चल्छ त्याे हेर्न बाँकी नै छ ।  
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया