आइएमई लाइफद्वारा घातक राेग रक्षावरण अन्तर्गतकाे २५ लाख रुपैयाँ भुक्तानी

 साउन २८, २०७८ बिहीबार ११:१३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आइएमई लाइफ इन्स्याेरेन्स कम्पनीकाे हेटौँडा शाखाले आइएमई सावधिक जीवन बीमा अन्तर्गत घातक राेग रक्षावरण अन्तर्गतकाे बीमाङ्क २५ लाख रुपैयाँ भुक्तानी गरेकाे छ । कम्पनीले बीमा अन्तर्गतकाे रकम हिमाल पाैडेललाई भुक्तानी गरेकाे हाे । 

बीमा गरेकाे १४ महिनाकाे अवधिमा क्यान्सर लागेका पाैडेललाई कम्पनीले दाबी भुक्तानी गरेकाे हाे । कम्पनीले पछिल्लाे समय विभिन्न २१ घातक राेग विरुद्ध रक्षावरण हुने बीमालेख याेजना ल्याएकाे छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले दाबी भुक्तानी प्रक्रिया छिटाे र प्रभावकारी ढङ्गबाट गर्न दाबी भुक्तानी फर्छ्योटकाे लक्ष्य लिइएकाे जानकारी गराउनु भएकाे छ ।

दाबी भुक्तानी समयमै हुँदा बीमित र आश्रित परिवारलाई बीमाबापतकाे लाभ समयमा उपलब्ध हुने, आर्थिक स्तरमा समेत थप सहयाेग पुग्ने र जीवन बीमाप्रति थप भराेसा बढ्ने उहाँले बताउनु भयाे । 

कम्पनीले निवेदन प्राप्त भएकाे १५ दिनभित्र दाबी भुक्तानी गरेकाे हाे । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया