उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - अफगानिस्तनाका राष्ट्रपति मोहम्मद असरफ घानीले देशमा अहिले तालिबान समूहले गतिविधि तीव्र पारेको भए पनि यसलाई छिट्टै रोकिने बताउनुभएको छ ।
अफगानिस्तानको आधाभन्दा बढी प्रान्तका राजधानी तालिबान समूहले नियन्त्रणमा लिएको भन्ने समाचार आइरहेका समय उहाँले द्वन्द्वग्रस्त आफ्नो देशमा राजनीतिक अस्थिरता रोक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
'अफगानिस्तानको सुरक्षा फौजले देशको रक्षा गरेको र सेनाबीच सद्भाव सुनिश्चित गर्नु मेरो प्राथमिकता हुनेछ' घानीले राष्ट्रका नाममा गरेको आफ्नो छोटो टेलिभिजन सम्बोधनमा भन्नुभयो ।
सम्बोधनमा उहाँले अफगानिस्तानमा थप अस्थिरता हुन नदिने बताउनुभएको हो । उहाँले भन्नुभयो, 'अफगानिस्तानीहरूले युद्धका कारण दुःख पाइरहेका छन् र अफगानिस्तानका जनताको थप कष्ट रोक्न म तपाईंहरुलाई विश्वास दिलाउँछु र यो मेरो ऐतिहासिक जिम्मेवारी हो ।'
राष्ट्रपति घानीले ‘अफगानिस्तानका जनता, राजनीतिक दल तथा तीनका नेता र अन्तर्राष्ट्रिय मित्रहरूसँग परामर्श’ सुरु गरेको र परिणाम चाँडै आउने पनि बताउनुभयो । तालिबान विद्रोहीहरुले देशका ३४ प्रान्तका १९ वटा प्रान्तीय राजधानीहरु कब्जामा लिएको दाबी गरिरहेका समयमा राष्ट्रपतिको यो भनाइ आएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।