अशरफ घानीकाे सरकार किनारा लाग्दै !

 साउन ३१, २०७८ आइतबार १३:५६:१८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – अफगान राष्ट्रपति अशरफ घानीको सरकार देशमाथिको नियन्त्रण गुमाउने अवस्थामा पुगेको छ । 

काबुलबाहेक सबै सहर नियन्त्रणबाहिर गइसकेको अवस्थामा राष्ट्रपति घानीसँग तालिबान विद्रोही समूहसमक्ष आत्मसमर्पण गर्ने कि राजधानी आफ्नो सरकारको नियन्त्रणमा राख्न युद्ध गर्ने भन्ने कठिन विकल्प छ । 

रातारात अमेरिकी राष्ट्रपति जो बाइडेनले रक्तपातबाट बच्नका लागि राजनीतिक सम्झौता गर्न अफगानिस्तान सरकारलाई आग्रह गर्नुभएको थियो । 

राष्ट्रपति घानीले हिजो शनिवार साहसी सुरक्षा बलको प्रशंसा गर्दै अफगान नागरिकलाई एक संक्षिप्त सार्वजनिक भाषण दिनुभएको थियो । आफू नागरिकमाथिको हिंसा, विस्थापन हुनबाट रोक्न र अस्थिरता हटाउने केन्द्रित रहेको उहाँको भाषणको आशय थियो । 

अफगान राष्ट्रपति घानीले आफ्नो राजीनामाको घोषणा गर्न सक्ने अनुमान गरिएको छ । 

तालिबान अफगानिस्तानको राजधानी काबुल नजिकिँदै गर्दा त्यहाँको तनाव बढिरहेको छ ।  

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया