उपचुनाव हुने पालिकाहरुमा १६ गते सार्वजनिक बिदा दिन आयोगको ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - विद्रोही समूह तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जामा लिए पछि त्यहाँका नागरिक विस्थापित हुन थालेका छन् । काबुल छोड्ने क्रममा त्यहाँ भागदौड समेत मच्चिएको थियो । काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा भीड लागेको छ ।
विमानस्थलमा गोलाबारीसमेत भएको आवाज सुनिएको र केही घाइते भएका बीबीसीले जनाएको छ । तालिबानले भने काबुलका बासिन्दालाई नडराउन आग्रह गरेको छ । आफूहरुले बदला नलिने भन्दै नडराउन तालिबानले आग्रह गरेको हो । यसैबीच, अमेरिकाले काबुलका बासिन्दाको उद्धार गर्न एक हजार अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।
यसअघि अमेरिकाले त्यहाँ तीन हजार सैनिक पठाएको थियो । अफगानिस्तानमा २० वर्षसम्म रहेका अमेरिकी सेना स्वदेश फर्किन थालेसँगै त्यहाँ विद्रोही समूह तालिबान सक्रिय भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।