च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
बैतडी - बैतडीसहित सुदूरपश्चिमका जिल्लामा आज ओल्के र बुढी हाल्ने पर्व मनाइँदै छ । यो पर्व भारतको कुमाउ र गडवालमा समेत मनाउने गरिन्छ ।
आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफूल, मीठो–मसिनो खुवाएर याे पर्व मनाइने गरिन्छ । यस्तै यस पर्वमा महिलाहरुले हातमा मेहन्दी लगाउने गर्छन् ।
आजकाे दिन बिहानै नुहाएर कृषिसँग सम्बन्धित औजार, फलफूल र मिठाइ बनाएर आफन्तलाई ओल्को अर्थात उपहारस्वरुप दिने चलन रहेकाे दशरथचन्द नगरपालिका-१ का देवदत्त भट्टले बताउनुभयो ।
वर्षात् पछिको सङ्कटबाट छुटकारा पाएको र नवजीवन प्राप्त भएको खुसियालीमा सुदूरपश्चिममा ओल्को पर्व मनाउने प्रचलन रहेको पण्डित विष्णु पन्तले बताउनुभयो । कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभइ याे पर्व यस भेगका बासिन्दाहरुको मौलिक पर्वको रुपमा स्थापित भएको पन्तले जानकारी दिनुभयो ।
पछिल्लो समय यस्ता पर्वहरुमा नयाँ पुस्ताले ध्यान नदिँदा लोप हुने अवस्था रहेकाे सुर्नया-६ का ८५ वर्षीया काशीदत्त अवस्थीले बताउनुभयो ।
ओल्के सङ्क्रान्तिका दिन गाउँबस्ती नजिकका डाँडा वा दोबाटोमा गाउँका सबै जना मिलेर काँचो रूखका हाँगाबिँगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइ सजाउने गरिन्छ ।
स्थानीय भाषामा थुप्रोलाई ‘बुढी हालेको’ भन्ने गरिएको दोगडाकेदार-१ का गोकर्ण जोशीले बताउनुभयो । यो थुप्राेलाई असोज सङ्क्रान्तिका दिन साँझ गाउँका सबै जना मिलेर पोल्ने चलन रहेकाे छ ।
यस्ता पर्वले पर्यटनमा टेवा पुग्ने भएकाले स्थानीय सरकारले संरक्षण र सम्वर्द्धनमा विशेष पहल गर्नुपर्ने स्थानीयकाे माग छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।