काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
रुकुम पश्चिम – नगरपालिकास्तरीय तालिम केन्द्रका लागि लाखाैँ बजेट खर्चेर बनाइएको दुई सरकारी भवन उपयोग नहुँदा शौचालय, भट्टी र नशा सेवन गर्ने थलोका रूपमा दुरुपयोग हुन थालेको छ ।
आठबीसकोट नगरपालिका वडा - १० मैडाँडामा रहेकाे नगरपालिकास्तरीय तालिम केन्द्रका दुई वटा भवन निर्माण सम्पन्न भएको तीन वर्षसम्म प्रयोग नहुँदा दुरुपयोग हुन थालेको हो । झन्डै २० लाख रुपैयाँ खर्चेर बनाइएका ६ कोठे दुई वटा भवनमा अहिले गोठालो जानेहरूको ओत लाग्ने ठाउँ बन्नुका साथै चर्पीका रूपमा प्रयोग हुन थालेको छ । कतिपयले लुकेर रक्सी तथा गाँजा सेवन गर्ने गरेकाे स्थानीयवासीले बताएका छन् ।
त्यहीँका युवा अभिशेष केसीले सरकारी सम्पतिको दुरुपयोग भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो । उहाँले भवन निर्माण रकम दुरुपयोग गर्नलाई बनाएको हो ? भन्ने प्रश्न गर्दै निर्माण भएको भवन प्रयाेगमा नआउँदा चारैतिरबाट तोडफोड हुन थालेको समेत जनाउनुभयो ।
अर्का स्थानीयवासी गोविन्द शाहीले लाखौँ रकम खर्चेर तालिम केन्द्रको नाममा बनाइएको भवन प्रयोग नहुँदै भत्किँदै जानेमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले तालिम केन्द्रकाे रूपमा त्यस भवनको प्रयोग नभएको भन्दै अहिले लुकामारी खेल्ने, अवैध काम गर्ने काममा दुरुपयोग हुँदै गएको बताउनुभयो । उहाँले प्रत्यक्ष आँखाले देखिएका सार्वजनिक भवन यसरी दुरुपयोग हुँदै जाँदा पनि पालिकाले सदुपयोग गर्न चासो नदेखाएको गुनासो गर्नुभयो ।
यस विषयमा आठबीसकोट नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गंगाराम चनाराले तीन वर्ष पहिले नगरस्तरीय तालिम केन्द्रको नाममा बनाइएको भवन प्रयोगविहीन भएको उल्लेख गर्नुभयो ।
‘भवन वडाको पायक पर्ने ठाउँमा भएन, अपायक ठाउँमा हुँदा वडास्तरका कार्यक्रम गर्न पनि असहज भएको छ’, उहाँले भन्नुभयो, ‘यसको सदुपयोग गर्नेबारे नगरपालिकामा पनि पहल गरिनेछ ।’ वडाध्यक्ष चनाराले विभिन्न तालिमको प्रयोजनका लागि नगरपालिकाको बजेटबाट बनाइएको भवन यसै वर्ष तारबार गरेर दुरुपयोग हुनबाट जोगाइने आश्वासन दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।