एमाले फुट्यो, माधव नेपालद्वारा नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निवेदन

 भदौ २, २०७८ बुधबार १७:१२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमाले आधिकारिक रूपमा फुटेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज बुधवार निर्वाचन आयाेगमा नयाँ पार्टीका लागि निवेदन दर्ता गरेको हो । 

पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न खुला किताब राख्ने निर्णय भएको नेपाल पक्षका नेता तथा सांसद मेटमणि चौधरीले जानकारी दिनुभयो । 

यसैबीच नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएसँगै माधवकुमार नेपाल समूह पनि विभाजित भएको छ । लामाे समयदेखि माधव नेपाललाई साथ दिँदै आएका दाेस्राे तहका नेताहरू भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, गाेकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेता नयाँ पार्टीमा नजाने भएका हुन् । 

मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेलगत्तै नेपाल समूहले नयाँ दल दर्ता गरेको हो । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया