के गर्दा सरकारको राजस्व बढ्छ ? त्यो काम गर्न म तयार छु : मन्त्री शर्मा

 भदौ २, २०७८ बुधबार १८:१३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले बुधवार अर्थ मन्त्री जनार्दन शर्मालाई मन्त्रालयमा भेटेर सुझाव पत्र हस्तान्तरण गरेको छ । 

सुझाव पत्रमा सरकारको न्यूनतम साझा कार्यक्रम र अर्थ मन्त्रालयद्वारा सार्वजनिक आर्थिक अवस्थाको जानकारी पत्रमा उल्लेख भएबमोजिम उत्पादनशील अर्थतन्त्रमा रूपान्तरण गर्नका लागि सीएनआईले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी अभियान’ ले महत्त्वपूर्ण सहयोग पु¥याउने भन्दै विभिन्न ३४ वटा क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औँल्याइएको छ । त्यसका लागि अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, कानुन मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल उद्योग परिसङ्घका प्रतिनिधि सम्मिलित समिति गठन गर्नुपर्ने सुझाव दिइएको छ । 

यस्तै अर्थतन्त्रलाई चलायमान बनाउँदै रोजगारी एवम् स्वरोजगारीको वृद्धि गर्न नयाँ एवम् विद्यमान साना तथा मझौला उद्योगलाई परियोजना धितोमा पाँच करोड रुपैयाँसम्म ऋण उपलब्ध गराउन च्यालेन्ज फन्डको व्यवस्था गरिनुपर्ने, स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि स्वदेशमै उत्पादन हुने वस्तुको आयात निरुत्साहन गर्नुपर्ने सुझाव छन् । साथै स्वदेशमा उत्पादन हुने वस्तुले पालना गर्नुपने मापदण्ड र गुणस्तरका प्रावधान आयात हुने सम्पूर्ण वस्तुमा अनिवार्य लागू गरिनुपर्ने लगायतका सुझाव समेटिएका छन् ।

सुझाव पत्र ग्रहण गर्दै अर्थ मन्त्री शर्माले सीएनआईले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी अभियान’ को प्रशंसा गर्दै उत्पादनमूलक उद्योग स्थापना र सञ्चालनका लागि सहज हुने गरी नीति निर्माण तथा संशोधन गरिने वचन दिनुभयो । ‘के गर्दा सरकारको राजस्व वृद्धि हुन्छ र निजी क्षेत्रलाई सहज हुन्छ त्यो काम गर्न म तयार छु’, उहाँले भन्नुभयो, ‘श्रम शक्तिको हिसाबले अहिलेको समय उपयुक्त समय हो । देशमा युवा बहुल जनसङ्ख्या भएको बेला हो यो । समय घर्कियो भने काम गर्न गाह्रो हुन्छ । यो अवसरलाई ध्यान दिएर काम गर्न जरुरी छ ।’

सुझाव पत्र हस्तान्तरण गर्ने क्रममा सीएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले भर्खरै सार्वजनिक मौद्रिक नीति समग्रमा राम्रो रहेको भन्दै सीसीडी रेसियो खारेजीले सिर्जना गरेको अन्योल चाँडै हटाउन माग गर्नुभयो । अर्थ मन्त्री शर्माले केही द्विविधा रहेको भए समाधान हुँदै जाने बताउनुभयो । 

अध्यक्ष विष्णुकुमार अग्रवालसहित उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल सम्मिलित प्रतिनिधिमण्डलले अर्थ सचिव मधुकुमार मरासिनीसँग भेट गरी विभिन्न समस्या र प्रस्तुत सुझावसम्बन्धी जानकारी गराएको छ ।  

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sagar Jha

    Aug. 20, 2021, 1:20 p.m.

    हाम्रो देशमा बिजुली उत्पादनको क्षमता अनुसार नै उत्पादन भएको छैन , बिजुली उत्पादन गरेर अरु देशमा निर्यात गरि संसारकै ठूलो निर्यातकर्ता बन्न सक्छ र नेपाल पर्यटकको गन्तब्यस्थल बन्न सक्छ / त्यसैले सरकारले ध्यान दिएर लगानी गरि पर्यटकको लागि आकर्षक स्थल वनाउनुपर्यो अनि नेपालको आयात घटाएर, निर्यात बढाउनु पर्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया