आज १५ औं राष्ट्रिय सूचना दिवस मनाइँदै

 भदौ ३, २०७८ बिहीबार ८:४५:२ | उज्यालो सहकर्मी

काठमाण्डाै - आज १५ औं राष्ट्रिय सूचना दिवस, सूचनाको हकसम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा यो दिवस मनाइँदै छ । २०६४ साल साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भइ भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको थियो ।

कोरोना महामारीका कारण यसपालि दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम हुने छैन । सङ्घीय शासन प्रणालीमा सूचनाको हक महत्त्वपूर्ण छ । सूचनाको हकको प्रभावकारी कार्यान्वयनबाट मात्र सार्वजनिक निकायलाई पारदर्शी, नागरिकप्रति जिम्मेवार, उत्तरदायी र जवाफदेही बनाउन सकिन्छ ।

दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सत्यतथ्य र आधिकारिक सूचना मात्र प्रवाह गर्न आग्रह गर्नु भएको छ । सूचनाको हकको कार्यान्वयनबाट सुशासन कायम गरि नागरिकलाई सुसूचित र सक्षम बनाउन सकिनेमा पनि प्रधानमन्त्री देउवाको विश्वास छ ।

यस्तै, राष्ट्रिय सूचना आयोगले कोरोना महामारी नियन्त्रणका लागि सरकारकातर्फबाट भए गरेका प्रयास र योजनालाई नागरिकसम्म पुर्याउन आग्रह गरेको छ ।

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया