उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - अफगानिस्तानलाई नियन्त्रणमा लिए पछि तालिबानले अमेरिकी सेना तथा नेटो सेनासँग काम गरेकाहरुको खोजीलाई तीव्र पारेको छ । संयुक्त राष्ट्र सङ्घको एउटा रिपोर्टले विदेशी सेनासँग सम्पर्कमा रहेर काम गरेकाहरुलाई तालिबानले घर-घरमै पुगे दबाब दिन थालेको जनाएको छ ।
केही व्यक्तिलाई आत्मसमर्पण गर्न बाध्य पारिएको र केहीको परिवारलाई हिरासतमा लिने गरेको रिपोर्टलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यस्तै, केही व्यक्तिलाई भने ज्यान मार्ने धम्की समेत दिन थालेको पाइएको छ । सेना, प्रहरी र सुरक्षा सम्बन्धी क्षेत्रमा काम गर्नेहरु तालिबानबाट बढी असुरक्षित रहेका खबरमा उल्लेख छ ।
तालिबानले अफगानिस्तानका ठूला सहरलाई कब्जामा लिनु अगावै विदेशी सेनासँग आबद्ध भएर काम गरेकाहरुको बारेमा जानकारी राखेको पनि रिपोर्टमा उल्लेख छ । तालिबानले काबुल विमानस्थलबाट विदेशी सेनालाई बाहिरिन दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
तर, विमानस्थलमा समेत विदेशी सेनासँग आबद्ध भएकाहरुको खोजी गर्ने काम भने रोकेको छैन । काबुल विमानस्थलमा अझै पनि कोलाहल छ । तालिबानले आफूले कुनै बदलाको भाव नराखेको बताए पनि अफगानिस्तानका बासिन्दाले विश्वास गर्न सकेका छैन।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।