चीनबाट १ सय ८७ नेपालीको उद्धारमा १३ करोड खर्च, खानामा मात्रै ५५ लाख रुपैयाँ

 भदौ ५, २०७८ शनिबार १३:५३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चीनको वुहानबाट १ सय ८७ जना नेपालीलाई उद्धार गरेर नेपाल ल्याउँदा १३ करोड रुपैयाँ भन्दा धेरै खर्च भएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले जारी गरेकाे प्रतिवेदनमा २०७६ सालको फागुनमा चीनको वुहानबाट १ सय ८७ जनालाई उद्धार गर्दा १३ करोड २८ लाख ४७ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले चार करोड ४९ लाख,  सहरी विकास मन्त्रालयले ७ करोड ५६ लाख र नेपाली सेनाले एक करोड २२ लाख रुपैयाँ गरी १३ करोड भन्दा धेरै खर्च भएको हो ।

यसरी वुहानबाट एक जना नेपाली उद्धार गरेवापत सरकारले सात लाख १० हजार रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । अव्यवस्थित र जथाभाबीरुपमा खर्च भएको महालेखाले जनाएको छ । फागुनको ४ देखि २० गतेसम्म खानामा मात्रै ५५ लाख र औषधिमा ६६ लाख ७१ हजार रुपैयाँ खर्च भएको देखिएको महालेखाकाे प्रतिवेदनमा उल्लेख छ ।
 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया