च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – कोरोना महामारीका कारण विद्यालय बन्द रहेको बेला पनि दिवा खाजाका लागि कराेडौँ रुपैयाँ निकासा भएको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयको ५८ औं प्रतिवेदन अनुसार लकडाउन भएर विद्यालय बन्द भएको बेलामा पनि पालिकाहरुले विद्यार्थी दिवा खाजाका नाममा २१ करोड ४२ लाख रुपैयाँ लगेका छन् । २०७७ सालको चैतदेखि लकडाउन सुरु भएपछि असारसम्म धनुषाको सबैला नगरपालिकाले एक करोड १३ लाख रुपैयाँ, गणेशनाथ चारनाथ नगरपालिकाले ८१ लाख, सिरहाको सिरहा नगरपालिकाले एक करोड ३८ लाख, रौटहतको फतुवा नगरपालिकाले ९७ लाख र गरुडा नगरपालिकाले ७७ लाख रुपैयाँ लगेका छन् ।
लकडाउनको बेला २८ वटा नगरपालिकाले १४ करोड २१ लाख ६८ हजार रुपैयाँ लगेका छन् । यस्तै १३ वटा विभिन्न गाउँपालिकाले ६ करोड ३ लाख रुपैयाँ दिवा खाजाको लागि भनेर लगेका छन् । यस्तै, दिवा खाजा रकम विद्यालयलाई निकासा गर्दा अभिभावकलाई नगद दिने कुनै नियम कानुन नरहे पनि परोहा नगरपालिका रौतहटले दिवा खाजा वापतको रकम अभिभावकलाई बाँडेको र १ करोड १७ लाख रुपैयाँ निकासा अनियमित देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विद्यालय बन्द भएको बेलामा खाजाको लागि लगेको पैसा असुल गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । सरकारी विद्यालयमा विद्यार्थी आकर्षित गर्न र भर्नादर बढाउन सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर दिवा खाजाको रकममा व्यापक अनियमितता भएको महालेखाको प्रतिवेदनले देखाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।