इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको पहिलो जित, नर्विच ५–० ले पराजित

 भदौ ६, २०७८ आइतबार ६:४७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले पहिलो जित निकालेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीले नर्विच सिटीलाई ५–० गोलको फराकिलो अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा सिटीका ज्याक ग्रेलिस, एम्रिक लापोर्टे, रहिम स्ट्रर्लिङ र रियाद महरेजले एक/एक गोल गरे । सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

नर्विचका गोलकिपर टिम क्रुलको आत्मघाती गोलबाट सिटीले सुरुवाती अग्रता बनाएको थियो । यस जितसँगै सिटीले २ खेलमा ३ अङ्क जोडेको छ । पहिलो खेलमा सिटी टोटनह्यामसँग पराजित भएको थियो । 


 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया