उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको आज एक हप्ता पुगेको छ। एक हप्तामा विमानस्थलमा भागदौड हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । काबुल कब्जा गरेलगत्तै अफगानिस्तान छोड्नेहरुको सङ्ख्या बढ्दै गएको छ ।
अफगानिस्तानको अवस्था अझै अन्योलग्रस्त छ । अफगानिस्तानको काबुल विमानस्थल नजिकबाट आफूहरुले विदेशी नागरिकलाई अपहरण नगरेको तालिबानले दाबी गरेको छ । काबुलको विमानस्थलमा अझै पनि अमेरिकी नेतृत्वको सैन्य समूहले उद्धारको काम गरिरहेको र अपहरणबारे आएका सूचना हल्ला मात्र भएको तालिबान अधिकारीलाई उदृत गरि समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
तालिबान सदस्यले सबै विदेशी नागरिकलाई विमानस्थलमा पहुँच प्राप्त गर्न मद्दत गरिरहेको तालिबानका प्रवक्ता अहमद उल्लाह वासेकले बताएका छन् । हवाई उडान प्रक्रियामा सहयोग गर्न काबुल विमानस्थलमा झण्डै पाँच हजार अमेरिकी सेना खटाइएको तालिबानको दाबी छ ।
तालिबान समूहले काबुललाई आफ्नो कब्जामा लिएपछि प्रेस र त्यहाँ कार्यरत जनशक्तिलाई हतोत्साही गर्ने काम गरेको भन्दै अमेरिकी सरकारले तालिबान अधिकारीसँग चासो समेत व्यक्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।