गएको वर्ष ३ सय ४३ पालिकाले १ अर्ब ३३ करोड रुपैयाँका गाडी किने, तीनै तहका सरकारले मापदण्ड मानेनन्

 भदौ ६, २०७८ आइतबार १४:५६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सङ्घ, प्रदेश र पालिका आफैँले बनाएका मापदण्ड मिचेर गाडी किनेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार सरकारी गाडी किन्नका लागि सवारी साधन खरिदसम्बन्धी मार्गदर्शन २०७४ तथा प्रदेशले लागू गरेका खर्चका मापदण्ड र पालिका आफैँले नियम बनाएका छन् । तर कुनैले पनि मापदण्ड पालना गरेका छैनन् । 

सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिकाअनुसार मुख्यमन्त्री वा समानस्तरका पदाधिकारीलाई एक करोड रुपैयाँसम्मको, सभामुख, मन्त्री र प्रमुख सचिवलाई ७५ लाख रुपैयाँसम्मका र महाशाखा प्रमुख, कार्यालय प्रमुखलाई ३० लाख रुपैयाँसम्मका गाडी उपलब्ध गराउने उल्लेख छ । तर सबैजसो प्रदेशले आफैँले बनाएका मापदण्ड मिचेका छन् ।

प्रदेश १ ले गएको वर्ष ३४ करोड १३ लाख रुपैयाँका गाडी किनेको छ । यस्तै प्रदेश २ ले नौ करोड ६० लाख, वाग्मती प्रदेशले ३३ करोड १४ लाख, गण्डकीले ३० करोड ७५ लाख र लुम्बिनी प्रदेशले २७ करोड १६ लाख रुपैयाँका गाडी किनेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै अर्थ मन्त्रालयले जारी गरेको निर्देशिकामा सरकारले नियमित कामका लागि उपलब्ध गराएको बजेटबाट गाडी किन्न नपाइने भए पनि गएको वर्ष तीन सय ४३ पालिकाले एक अर्ब ३३ करोड २४ लाख रुपैयाँका चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन किनेका छन् ।

खरिद नगरेका पालिकाले चर्को भाडामा लिएरै गाडी चढका छन् । धेरैजसो पालिकाले वित्तीय समानीकरणको शीर्षकमा पठाइएको रकमबाट गाडी किनेका महालेखाले जनाएको छ ।   

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया