अमेरिकाले अफगानिस्तानमा फसेकाहरुकाे उद्धारका लागि व्यावसायिक जहाजकाे प्रयाेग गर्ने

 भदौ ७, २०७८ सोमबार ९:५४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाले अफगानिस्तानमा फसेकाहरुको उद्धारका लागि व्यावसायिक जहाज प्रयोग गर्ने भएकाे छ ।

उद्धार अभियानलाई थप तीव्र पार्नका लागि व्यावसायिक जहाजकाे पनि प्रयोग गर्ने तयारी गरिएकाे अमेरिकी रक्षा मन्त्रालयले जनाएको हो।

तालिबानले कब्जा गरेपछि धेरैले अफगानिस्तान छोड्न चाहेका छन् । उनीहरु काबुल विमानस्थलको बाहिर भीडभाडसहित बसेका बीबीसीले जनाएको छ ।

यस्तै, अमेरिकाले तालिबानको व्यवहार र आचरण हेरेर उ माथि प्रतिबन्ध लगाउने नलगाउने घोषणा गर्ने भएको छ । अफगानिस्तानको राजधानी काबुल कब्जामा लिएसँगै सत्ताको नेतृत्वमा पुगेको तालिबानले अहिले नयाँ सरकार गठनको तयारी गरिरहेको छ ।

यस्तै, उहाँले अमेरिकी सेनाले काबुल विमानस्थलमा सुरक्षा दिइरहेको पनि दाबी गर्नु भएको छ । उनीहरुको उद्धार पछि मात्रै अमेरिकी सेना फर्किने बाइडेनले बताउनु भएको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया