एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – सत्तारुढ गठबन्धनले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेको छ ।
सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतक, सचेतकहरूसहितको आज सोमवार सिंहदरबारमा बसेको बैठकले सभामुख सापकोटामाथि प्रमुख प्रतिपक्ष दलका नेता ओली र त्यही दलका सांसदहरूले उहाँकै कार्यकक्षमा सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो ।
बैठकले अध्यक्ष ओली र उहाँका दलका सांसदहरूलाई सभामुखविरुद्धको धम्कीपूर्ण अभिव्यक्तिहरू वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध भएको निष्कर्ष निकाल्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न पनि सचेत गराएको छ । प्रमुख प्रतिपक्ष दलका नेता र सांसदहरूले सभामुखविरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्ति संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध भएकाले त्यसप्रति आपत्ति जनाउँदै संवैधानिक मर्यादाको ख्याल गर्न आग्रह गरिएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो, ‘सम्माननीय सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का माननीय सदस्यहरूले सम्मानीय सभामुखज्यूलाई लक्षित गरी दिनुभएको संसदीय मर्यादा विपरीत बल प्रयोग जस्ता धम्कीपूर्ण अभिव्यक्ति र त्यही दिन प्रमुख प्रतिपक्ष दलका नेताले सञ्चारमाध्यममा सम्माननीय सभामुखविरुद्ध दिनुभएको धम्कीमूलक अभिव्यक्तिको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै सङ्घीय संसद्को संरक्षक पनि हो । सभामुखविरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरू वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध हुन् । संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदको दायित्व हो । अतः सम्माननीय सभामुखविरुद्ध दिइएका धम्कीपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न हार्दिक आग्रह गर्दछौँ ।’
बैठकपछि सत्तारुढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङ, जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादव, जनमोर्चाकी संसदीय दलका नेता दुर्गा पौडेल र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधि जीवनराम श्रेष्ठले जारी गर्नुभएको संयुक्त वक्तव्यमा नेकपा एमालेका सांसदहरूले सभामुखको कार्यकक्षमा संसदीय मर्यादा विपरीतका गतिविधि गरेको दाबी गर्दै निन्दा र भत्सर्नासमेत गरिएको छ ।
नेकपा एमालेका सांसदहरूले गएकाे भदौ ३ र ४ गते सिंहदरबारमा रहेकाे सभामुख सापकोटाको कार्यकक्षमा पुगेर पार्टीको तर्फबाट कारबाही गरिएका माधव नेपालसहितका सांसदहरूमाथि कारबाही गरिएको सूचना टाँस गर्न दबाब दिएका थिए भने संसदीय दलका नेता ओलीले सभामुखले दलले गरेको कारबाहीअनुसार सूचना टाँस नगरेको भन्दै सभामुख सापकोटाप्रति आक्रोश व्यक्त गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।