लुम्बिनीका मुख्यमन्त्रीले आजै विश्वासको मत लिँदै, एमालेले सभा बहिष्कार गर्ने

 भदौ ७, २०७८ सोमबार १५:२२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै विश्वासको मत लिनु हुने भएको छ । आजको प्रदेश सभाको पहिलो बैठक एमालेको नाराबाजीका कारण स्थगित भएको थियो । आजैको अर्को बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

विपक्षी एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले भने आफूहरूसँग छलफल नगरि एकाएक विश्वासको मत लिने कार्यसूची तय गरेको भन्दै सदन बहिष्कारको चेतावनी दिनुभएको छ ।

लुम्बिनीमा एमालेको सरकार ढालेर माओवादी, कांग्रेस, जनमोर्चा र जसपा मिलेर माओवादीका कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठन गरेका छन् ।

विश्वासको मत पाउन ४१ सांसद चाहिनेमा सत्ता पक्षले आफूहरूसँग ४२ मत रहेको दाबी गर्दै आएको छ । तर एमालेले भने सांसदद्वय अजय शाही र विमला वली एमालेका सांसद रहेको र उनीहरूलाई दलले कारबाही गरेको भन्दै पदमुक्तको माग गर्दै सभा अवरोध गर्दै आएको छ ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया