उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – गएको आर्थिक वर्षमा २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको तास आयात भएको छ । आर्थिक वर्षा २०७७/०७८ मा एक करोड ३९ लाख ६९ हजार एक ३५ ‘बुक’ तास आयात भएको भन्सार विभागले जनाएको हो ।
यस्तै गएको आवमा तास आयातमार्फत १५ करोड ४८ लाख ५९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गएको आवमा पाँच करोड सात लाख ७१ हजार रुपैयाँ बढीको तास आयात भएको विभागले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा एक करोड ३२ लाख ६७ हजार बुक तास आयात भएको थियो ।
यी तासको मूल्य २३ करोड ५४ लाख ९३ हजार रुपैयाँ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा विशेष गरेर चीन, भारत, थाइल्यान्ड र मलेसियाबाट तास आयात हुने गरेको छ । नेपालमा जुवातास खेल्नुलाई गैरकानुनी मानिए पनि बर्सेनि करोडौँको तास आयात हुँदै आएको छ । तर नेपालमा तास आयातमा भने कुनै प्रतिबन्ध छैन ।
६ करोड ३३ लाखको कोदो आयात
भन्सार विभागका अनुसार गएको आवमा ६ करोड ३३ लाख १९ हजार रुपैयाँको कोदो आयात भएको छ ।
एक वर्षको अवधिमा १९ लाख नाै हजार तीन सय ७० किलोग्राम कोदो आयात भएको हो । नेपालमा कोदोको उत्पादन घट्दै जाँदा भारत, चीन लगायतका देशबाट कोदो आयात हुँदै आएको छ ।
कोदोबाट बन्ने परिकारलाई निकै स्वस्थ मानिए पनि उत्पादनमा प्राथमिकता नदिँदा बर्सेनि करोडौँ रुपैयाँको कोदो आयात हुने गरेको छ ।
गएको आवमा कोदो आयातमार्फत ३१ लाख ७९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Tulsi Giri
Aug. 23, 2021, 9:57 p.m.तास जस्तो आयात गर्नु भनेको कम्युनिस्ट नीति नै हो, बधाई /